Logo
२१ भाद्र २०८३, आईतवार
|  Sun Sep 6 2026

विपत्‌मा सुरक्षाकर्मीले देखाएको साहस अद्भुत छ,सेवा–सुविधामा सम्झौता हुँदैनः प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री बालेन साहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिनुहुने सुरक्षाकर्मीको उच्च कदर हुने बताएका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले विपद् व्यवस्थापनमा खटिनुहुने सुरक्षाकर्मीलाई सन्देश दिँदै सुरक्षाकर्मीलाई तपाईंहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता नगर्ने बताएका हुन् ।

प्रधानमन्त्री साहले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीको संयुक्त प्रयासमा प्रभावित क्षेत्रबाट अहिलेसम्म १३ हजार ३९१ मानिसलाई उद्धार गरिएकोसमेत उल्लेख गरेका छ् । सुरक्षाकर्मीले घाइतेको स्थलमार्ग, हेलिकप्टरमार्फत र कहीँकतै आफ्नै काँधमा बोकेरसमेत जतिसक्दो चाँडो अस्पताल पुर्याएको उनले बताए ।

साथै शवलाई संवेदनशीलताका साथ व्यवस्थापन गर्न, प्रभावित क्षेत्रमा महामारी वा सङ्क्रामक रोग फैलिन नदिन र शिविरमा प्रभावितलाई हौसला बढाउन हाम्रा तीनै निकायका सुरक्षाकर्मी अहोरात्र खटिरहेको प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीका अनुसार नेपाली सेनाले बाढी आएलगत्तै सैनिक मुख्यालयको योजनाअनुसार नुवाकोटको त्रिशूली बट्टारस्थित मैथिल ब्यारेकमा उपरथीको नेतृत्वमा ‘फरवार्ड हेडक्वार्टर’, ‘इमर्जेन्सी मेडिकल रेस्क्यु टिम’ र मुख्य ‘फरवार्ड एयर बेस’ खडा गरी उद्धार कार्य भइरहेको छ । रसुवाको धुन्चे ब्यारेकमा सहायक रथीको नेतृत्वमा ‘ट्याक्टिकल हेडक्वार्टर’, चिकित्सकसहितको र ‘फरवार्ड मेडिकल टिम’ र अतिरिक्त ‘एयर बेस’ सञ्चालन गरिरहेको छ ।

 नुवाकोटको देवीघाटमा सेना आफँैले आफ्ना इन्जिनियरहरु परिचालन गरी एक्रो ब्रिज जडान गरिरहेको छ । बाढी प्रभावित क्षेत्रमा अहिले नौ हजार २८७ सेना खटिरहेका छन् ।नेपाल प्रहरीले पनि बाढी प्रभावित क्षेत्रमा सुरुआतबाटै अग्रपङ्क्तिमा खटिएर खोज, उद्धार तथा राहत वितरणमा नेपाल प्रहरी सक्रिय रहेको प्रधानमन्त्रीको भनाइ छ । तालिमप्राप्त कुकुरहरूले खोजी तथा उद्धारलाई सहयोग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार