Logo
२२ भाद्र २०८३, सोमबार
|  Mon Sep 7 2026

नेपाललाई एफएटीएफको ‘ग्रे सूची’बाट शीघ्र बाहिर निकाल्न रणनीतिक पहल भइरहेको छ:अर्थमन्त्री


काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लामो समयदेखि आर्थिक मन्दीको सामना गरिरहेको नेपालको अर्थतन्त्रलाई पुनः गतिशील बनाउन सरकारले विभिन्न रणनीतिसहित काम गरिरहेको बताएका छन् ।

बीबीसी लन्डनकी लुसी ग्रेसँगको अन्तरवार्तामा उनले अर्थतन्त्रमा सुधारको प्रयास भइरहेका बेला आएको भीषण विपद्का कारण थप शिथिल हुन सक्ने अवस्था रहेकाले पुनरुत्थानलाई प्राथमिकतामा राखिएको बताएका हुन्।

बाढी प्रभावित क्षेत्रका व्यवसायलाई लक्षित गर्दै ‘बिजनेस रिकभरी प्याकेज’ ल्याइएको र त्यो मन्त्रिपरिषद्बाट पारित भइसकेको उनले बताएका छन् ।

त्यस्तै, पुँजी बजारलाई थप सुदृढ बनाउँदै सेयर बजार सुधारका लागि योजना अघि बढाइएको उनले बताएका छन्। निजी क्षेत्रको पुनरुत्थानका लागि आर्थिक सहुलियत तथा लगानी प्रोत्साहन प्याकेज ल्याउने तयारीसमेत भइरहेको उनको भनाइ छ।

नेपाललाई एफएटीएफको ‘ग्रे सूची’बाट शीघ्र बाहिर निकाल्न रणनीतिक पहल भइरहेको भन्दै उनले अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा समेत जोड दिएका छन्।विपद्बाट भएको क्षति तथा नोक्सानीको यथार्थ अनुमान गरी पुनर्निर्माणका लागि आवश्यक अन्तर्राष्ट्रिय वित्तीय स्रोत व्यवस्थापन गर्ने सरकारको योजना रहेको अर्थमन्त्री वाग्लेले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार