Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

आज घट्यो सुन-चाँदीको मूल्य, कतिमा भैरहेछ कारोबार ?


आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ५०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर एक हजार २८० रुपैयाँ कायम भएको छ । चाँदी मंगलबार एक हजार २९० मा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार