Logo
४ आश्विन २०८३, आईतवार
|  Sun Sep 20 2026

एसियन खेलकुदको २०औँ उद्घाटन समारोहमा नेपाली टोलीको राष्ट्रिय झण्डासहित मार्चपास


नागोया । जापानमा आयोजना भइरहेको २०औँ एसियन गेम्सको उद्घाटन समारोहमा नेपाली खेलाडी तथा पदाधिकारीको मार्चपास सुरु भएको छ। नागोया सिटीस्थित मिजुहो पार्क एथलेटिक्स स्टेडियममा भइरहेको उद्घाटन समारोहमा नेपाली टोलीले राष्ट्रिय झण्डासहित मार्चपास गरेको हो।

२०औँ एसियन गेम्समा नेपालबाट २१ खेलमा १३५ खेलाडी सहभागी छन्। जसमा ५७ महिला र ७८ पुरुष खेलाडी छन्। यस्तै, २९ प्रशिक्षक, १७ व्यवस्थापक र २ खेल प्राविधिक सहभागी छन्।

नेपालबाट आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, क्रिकेट, साइक्लिङ, गल्फ, जुडो, कबड्डी, कराते, र्‍याफ्टिङ एन्ड क्यानोइङ, स्केट एन्ड स्केट बोर्डिङ, सफ्ट टेनिस, स्क्वास, पौडी, टेबलटेनिस, तेक्वान्दो, टेनिस, भलिबल, कुस्ती र उसुमा खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।


प्रतिक्रिया दिनुहोस !
विचार