काठमाडौं । जापानको राजधानी टोकियोसहित पूर्वी क्षेत्रमा शक्तिशाली टाइफुन (समुद्री आँधी)को प्रभाव बढ्दै जाँदा नागोया र आइची प्रिफेक्चरमा भइरहेको एसियाली खेलकुद पनि प्रभावित भएको छ ।
‘डुजुआन’ नाम दिइएको टाइफुनका कारण तीव्र हावा र भारी वर्षा भइरहेको छ । जोखिम बढेपछि जापानी अधिकारीहरूले विभिन्न क्षेत्रमा उच्चसतर्कता अपनाएका छन् । यसले एसियाली खेलकुदका केही खेल प्रभावित भएका छन् ।
सोमबारका लागि तय गरिएको घोडचढीसम्बन्धी प्रतियोगिता मंगलबारका लागि सारिएको रोयटर्सले जनाएको छ । जापानको टोलीका चिफ डे मिसन कोसेई इनोउले जापान ओलम्पिक कमिटीसँग आवश्यक तयारी र आपत्कालीन अवस्थाको सामना गर्ने विषयमा बैठक भइरहेको बताएका छन् ।
एसियाली खेलकुदका करिब ४ हजार सहभागी ‘कोस्टा सेरेना’ नामक क्रुज जहाजमा बसिरहेका छन् । टाइफुनको प्रभाव त्यस क्षेत्रमा पुगेमा जहाजलाई सुरक्षित स्थानमा सार्नुपर्ने र खतरा समाप्त भएपछि मात्र उक्त क्षेत्रमा फर्काउन सकिने बताइएको छ ।
डुजुआन जापानको पूर्वी तटतर्फ अघि बढ्दै गर्दा टोकियोमा सोमबार दिनभर भारी वर्षा भएको छ । मौसमविद्का अनुसार वर्षा र हावाको प्रभाव आगामी केही घण्टामा अझ बढ्न सक्ने भएकाले स्थानीय बासिन्दालाई आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।
टाइफुनको केन्द्र जापानको मुख्य भूभागभन्दा केही पर समुद्रमै रहने अनुमान गरिए पनि होन्सुको पूर्वी तटमा ९० किलोमिटर प्रतिघण्टाभन्दा बढीको वेगले हावा चल्ने अनुमान छ । टोकियोमा समेत करिब ७५ किलोमिटर प्रतिघण्टासम्मको हावाको गति पुग्न सक्ने अनुमान गरिएको छ ।
डुजुआनको केन्द्र वरपर हावाको गति करिब १३० किलोमिटर प्रतिघण्टा रहेको र झोक्का १९४ किलोमिटर प्रतिघण्टासम्म पुगिरहेको बताइएको छ ।