नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँ बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुन ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै तेजावी सुनको मूल्य ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थीर छ । हिजो १ हजार २८० रुपैयाँ तोलामा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको छ ।





