Logo
१९ आश्विन २०८३, सोमबार
|  Mon Oct 5 2026

प्रधानसेनापति सिग्देल सातदिने औपचारिक भ्रमणका लागि बेलायत प्रस्थान


काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देल बेलायत प्रस्थान गरेका छन् । बेलायती सेनाका बेलायती सेनाका प्रमुख जनरल सर रोली वाकरको निमन्त्रणामा प्रधानसेनापति सिग्देल असोज २५ गतेसम्म हुने औपचारिक भ्रमणका लागि सोमबार बेलायत प्रस्थान गरेका हुन् ।

भ्रमणका क्रममा नेपाल र बेलायतबीचको लामो समयदेखिको सैन्य सम्बन्ध तथा आपसी हितका विषयमा छलफल हुने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार