Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

चिम्पान्जीसँग प्रेम सम्बन्ध रहेपछि एक महिलालाई लगाइयो चिडियाखाना प्रवेशमा रोक


पृथ्वीमा रहेका सम्पूर्ण प्राणीहरु मध्ये मानिस एक चेतनशील प्राणी हो । कतिपय मान्छेहरु अधिक मात्रमा पशुपंक्षी प्रेमी हुने गर्दछन् । आजभोलि त प्रायः सबैकोमा घरपालुवा पाल्तु जनावरहरु जस्तै कुकुर, बिरालो, सुगा, खरायो आदि हुने गर्दछन् । घरमा पालेका जनावरहरुलाई माया गर्नु सामान्य नै हो । तर, बेल्जियमकी एक महिलाको भने चिम्पान्जीसँग गहिरो प्रेम बसेको पाइएइको छ । जसकारण उनलाई त्यहाँको एक चिडियाखाना प्रवेशमै रोक लगाइएको छ ।
बेल्जियमको चर्चित चिडियाखानामध्ये एन्तोएर्प एक बिशेष चिडियाखाना हो । जहाँ अनेक प्रकारका पशुपंक्षीहरु हेर्न पाइन्छ । यही चिडियाखानामा एडी टीमरम्यान नामकी एक महिला लगभग ५ बर्ष सम्म नियमित ग्राहक बनेकी थिइन । उनी जहिले पनि बिदाको दिन उत्त चिडियाखानामा आएर चिम्पान्जीसँग अस्वभाविक तबरले समय बिताउने गर्दथिन ।
काँचको पिँजडा भित्र राखिएको चिम्पान्जीसँग ती महिला आएर अस्वभाविक हाउभाउ व्यक्त गर्दर्थिन् । केहीपटक त उनी आपत्तिजनक अवस्थामा नै भेटिइन् । महिलाको मात्रै होइन चिम्पाञ्जीको व्यवहारमा पनि दिन बित्दै जाँदा अस्वभाविक परिवर्तन देखिन थाल्यो । त्यसपछि चिडियाखानाले ३८ बर्षिय चिम्पान्जी र ती महिलाका विषयमा अध्ययन गर्न एउटा अध्ययन टोली नै बनायो ।
अध्ययन टोलीसँगको कुराकानीका क्रममा ती महिलाले आफू चिम्पान्जीसँग गहिरो प्रेममा परेको स्वीकार गरिन् भने चिम्पान्जी पनि प्रेममा परेको अध्ययन टोलीले निश्कर्ष निकाल्यो । त्यसपछि ती महिलालाई चिडियाखाना प्रवेशमा नै बन्देज लगाइयो । तर, टिमरम्यान नाम गरेकी ती महिलाले आफूलाई चिम्पान्जीसँग प्रेम गर्न रोक लगाइएको भन्दै सार्वजनिक रुपमा नै आक्रोश व्यक्त गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !
विचार