Logo
२०८१, १९ आश्विन शनिबार
|  Sat Oct 5 2024

अमेरिकासँग खोपको सहयोग माग्दै परराष्ट्रमन्त्री ज्ञवाली


परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी सहायक विदेशमन्त्री वेन्डी शेर्मनसँग टेलिफोन वार्ता गरी कोरोनाविरुद्धको खोप सहयोग मागेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवालीले सोमबार बिहान अमेरिकी सहायक विदेशमन्त्रीलाई टेलिफोन गरी बढी भएको कोरोना खोप वितरण गर्ने क्रममा नेपाललाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।

मन्त्री ज्ञवालीले अमेरिकाले कोरोना संकटको समयमा परेको सहयोगको लागि अमेरिकालाई धन्यवाद दिएका थिए । वार्तामा नेपाल–अमेरिका सम्बन्ध, कोरोना महामारीमा सहकार्य र अन्य अन्तर्राष्ट्रिय एजेन्डालगायत धेरै विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

नेपाल–अमेरिका सम्बन्धबारे सन्तोष व्यक्त गर्दै आगामी दिनमा द्विपक्षीय र बहुपक्षीय वार्तालाई जारी राख्दै अघि बढ्नेबारे उनीहरुबीच सहमति पनि भएको मन्त्रालयले जनाएको छ ।

सहायक विदेशमन्त्री शेर्मनले अमेरिकाले नेपालको सामाजिक-आर्थिक क्षेत्रमा सहयोग बढाउने आश्वासन दिएकी थिइन् । उनले अमेरिकाले सहकार्यमा नेपालमा बन्न गइरहेका केही महत्वपूर्ण आयोजनाले नेपाललाई समृद्धितर्फ र्डोयाउने विश्वास व्यक्त गरेकी थिइन् ।

उक्त वार्ताको क्रममा दुवै पक्षबीच जलवायु परिवर्तन नियन्त्रणको विषयमा पनि छलफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार