Logo
९ श्रावण २०८३, शनिबार
|  Sat Jul 25 2026

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक


राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ।

पार्टी सभापतिको आह्वान तथा महामन्त्रीको समन्वयमा पार्टी केन्द्रीय समितिको बैठक भोलि बस्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बैठक भोलि १ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थली बस्नेछ।

महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार बैठकमा केन्द्रीय समितिका सम्पूर्ण सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।

बैठकमा पार्टी समायोजन, विस्तार तथा सुदृढीकरण सम्बन्धी छलफल हुने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार