Logo
९ माघ २०८२, शुक्रबार
|  Fri Jan 23 2026

उपत्यकाका विद्यालय आंशिक रुमपा बन्द


यसअघि नाम नै नसुनिएको विद्यार्थी संगठनले आज उपत्यकाका विद्यालय आंशिक रुमपा बन्द गराएको छ । जनपक्षीय विद्यार्थी युनियन नेपाल नाम गरेको संगठनले काठमाडौं उपत्यकामा शैक्षिक हड्तालको घोषणा गरेका कारण विद्यालयहरु आंशिक रुपमा बन्द भएका हुन् ।

कतिपय विद्यालयले विद्यार्थी स्कुल पुगेपछि फिर्ता गरिदिएका थिए भने कतिपयले स्कुल टाइम शुरु हुने बेलामा नोटिस पठाएका थिए । कतिपय विद्यालयहरु भने १८ बुँदे माग सहित हड्तालको घोषणा सम्बन्धी समाचारका कारण अन्यौलमा परे । हड्ताल घोषणा गर्ने युनियन नेकपा जनपक्ष पार्टी निकट विद्यार्थी संगठन भनिएको छ । उसले निजी विद्यालयले लिइरहेको शुल्कमा ५० प्रतिशत घराउन माग गरेको छ ।

निजी विद्यालय संचालकहरूले भने आधिकारिक रुपमा विद्यालय बन्दको घोषणा गरेका छैनन् । प्याब्सन, एनप्याब्सन लगायत संघ संस्थाका प्रतिनिधिले शैक्षिक हडतालबारे कुनै निर्णय नगरेको जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार