Logo
८ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 24 2026

एमाले मतगणना अपडेट : महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र पाण्डे


नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा महासचिवमा प्रतिस्पर्धा देखिएको छ ।

निर्वाचन आयोगले घोषणा गरेको पछिल्लो मतपरिणाम अनुसार शंकर पोख्रेलले ६१३ मत पाएका छन् । उनलाई सुरेन्द्र पाण्डेले ५२६ मतका साथ पछ्याइरहेका छन् ।

अध्यक्षमा केपी शर्मा ओली भने ईश्वर पोखरेलभन्दा धेरै अगाडि छन् । ओलीले ८४३ मत ल्याउँदा पोखरेलले २९६ मत मात्रै पाएका छन् ।

केही पदबाहेक सबै ओली प्यानलकै उम्मेदवारले अग्रता लिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार