Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

एमाले महाधिवेशन: मतगणना सुरु


नेकपा (एमाले)को महाधिवेशनमा मतगणना सुरु भएको छ । बिहान ८ बजेदेखि हुने भनिए पनि केहीबेर ढिला गरी मतगणना सुरु भएको हो ।

महाधिवेशनस्थलमा निर्वाचन आयोगमा प्रतिनिधिहरूले जनाएअनुसार करिब साढे ९ बजेबाट मदगणना सुरु भएको हो । परिणाम आउन करिब ३ घण्टा लाग्ने जनाइएको छ ।

एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि बुधबार बिहान साढे ९ बजेबाट मतदान सुरु भएको थियो । मतदान कार्य बिहीबार बिहान ७ बजे सकिएको थियो । २ हजार २६३ मध्ये २ हजार २२७ प्रतिनिधिले मतदान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार