बिहीबार सुनको मूल्य सामान्य बढेको छ । आज सुन तोलामा ६०० रूपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य तीन लाख १५ हजार ४०० रुपैयाँ तोकिएको छ ।
बुधबार तीन लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको भाउ प्रतितोला १० रूपैयाँले बढेर तोलाको पाँच हजार ७२५ कायम भएको छ । अघिल्लो दिन पाँच हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।


