Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

माधव नेपालले रोजेको बाटो गलत छः अष्टलक्ष्मी शाक्य


बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव कुमार नेपालले लिएको बाटो सही नभएको भन्दै समीक्षा गरेर एमालेमा फर्किन आह्वान गरेकी छन्। नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले बिहीबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शाक्यले यस्तो भनेकी हुन्।

‘उनले बलियो एमाले बनाउन पूर्वाग्राह मनमुटाव बिना सुदृढ एमाले बनाउन मन फराकिलो बनाउनै पर्ने बताइन्। अब छाती फराकिलो बनाएर अघि बढाउनुपर्छ। एमाले उपाध्यक्षसमेत रहेकी शाक्यले भनिन्,‘विचार शुन्य भएपछि जन्माउने गुटबन्दी हो। त्यसले एमालेलाई बलियो होइन कमजोर बनाउँछ अब त्यसलाई छोडनुपर्छ।’

विगतको कमीकमजोरी ढाकछोप गरेर नहुने भन्दै त्यसको गम्भीर र निर्मम रुपमा समीक्षा हुनुपर्ने शाक्यको भनाइ छ। कमीकमजोरीको समीक्षा नगरे थप समस्या आउने पनि उनले बताइन्। नेकपा एमालेलाई सुदृढ, सबल बनाउनका लागि अब आफू सच्चिनुपर्ने तथा विचार, शैली र व्यवहारमा सच्चाउन आवश्यक रहेको शाक्यको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !
विचार