Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

लुम्बिनी प्रदेशसभामा एमाले सांसदहरुकाे नाराबाजी


लुम्बिनी प्रदेश सभाको आजको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरुद्ध गरेको छ। सभामुख पूर्णबहादुर घर्तीले बैठक सुरु गर्नासाथ एमाले सांसदहरुले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका हुन्।

नाराबाजी गर्नुअघि संसदमा बोल्दै एमाले सांसद आरती पौडेलले पार्टीको केन्द्रिय कमिटीले कारवाही गरेका दुई सांसदलाई सभामुखले कारवाही नगर्दासम्म सदन चल्न नदिने बताइन्।

नवौं अधिवेशन सुरु भएदेखि नै एमालेले प्रदेश सभा बैठक निरन्तर अवरुद्ध गर्दै आइरहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार