लगातार नयाँ कीर्तिमान बनाइरहेको सुनको मूल्यले बुधबार पनि नयाँ कीर्तिमान बनाएको छ । बुधबार सुन प्रतितोला ९ हजार पाँच सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मूल्य सात हजार ३०० कायम भएको छ ।








