Logo
२ बैशाख २०८३, बिहीबार
|  Thu Apr 16 2026

यत्ति गरे सधै प्रसन्न, सधैं सुखी : सफलता बोगटी


प्रसिद्ध रसियन इतिहाँसकार भ्यासिलि काल्याउचेस्किले भनेका थिए : इतिहाँसले कसैलाइ कुनै पाठ सिकाउदैन तर जसले इतिहाँसबाट कुनै पाठ सिक्दैन उसलाइ इतिहाँसले सधै दण्ड मात्र दिइरहन्छ । हामी पनि जिवनलाइ सधै दण्ड मात्र दिइ रहन्छौ । हामी नहुने नहुने कुराहरुमा जिद्धि गरेर जिन्दगी बिताइ रहेका छौ । हामीले जिन्दगीमा किन जिद्धि गरेको हो भने जिद्धि गरेर पाइने बस्तुले जिन्दगीमा महाखुसी भेटिन्छ भन्ने हाम्रो खराब सोचाई र आशा छ ।

हामी जताततै कठोर बनेर प्रस्तुत भएका हुन्छौँ । जाबो यो एउटा ज्यान प्रसन्न राख्न दजँनौ अभ्यासहरु छन । हामीले प्रसन्न र सुखी जीवन नबिताउनुको एक मात्र कारण के हो भने हामी सधैं अरुको विचार मिसाएर मात्र आफ्नो विचार अगाडी सार्छौ । तपाइँ सँधै अरुसँग आफूलाई तुलोमा जोखिन चाहनु हुन्छ । हामी जिद्धि गरेर यसरी बसेका छौं कि कोही न कोही कुनै न कुनै दिन आउँछ र मेरो जिन्दगी भरपुर बनाएर छाड्छ । तर, वास्तवमा त्यस्तो मान्छे वा समय कहिल्यै आउँदैन । तिमीलाइ विशाल र महान बनाउने त तिम्रो भित्री हृदयदेखि नै उठेर आएको उत्कृष्ट जोश र म यस्तो मात्र बन्छु भन्ने कठोर आत्मा विश्वासले मात्र हो । तिम्रो भित्री आत्मामा उठेको जीजीविसाका ज्वारभाटाले मात्र तिमीलाई सोचेको भन्दा महान बनाउँदछ । तिमीलाई महान बनाउँनमा अरु कसैको कुनै हात नै हुँदैन ।

बाहिर वातावरण सुन्दर छ तर तिमी भने त्यही प्राकृतिक दृष्यको केन्द्र विन्दु हौं । तिमीसंगै छ सुख, खुसी र प्रसन्नता, यही जिन्दगिमा नै सबै उपलब्ध भइरहेका छन् । तर, तिमी अलिकति भ्रममा परेका छौ ।
तपाइँहरुसँग आज म क्यानडाको एउटा घटना प्रस्तुत गर्दैछु । यो क्यानडाको एउटा गाउँको घटना हो । स्कुले केटाहरुले ३ वटा बाख्राहरु भेटेछन र ति ३ वटा बाख्राहरुलाई १, २ र ४ भनेर नम्बर लेखि दिएछन । ति ३ वटा बाख्राहरु उनिहरुले स्कुल कम्पाउण्डमा लगेर छाडी दिएछन । भोलिपल्ट विद्यालय खुल्दा सबै शिक्षक र विद्यार्थीलाई बाख्राको मलमुत्र गनाएछ । स्कुलको बगैंचामा ३ वटा बाख्राहरु भेटिए र नम्बर ३ लेखिएको बाख्रा चाहि भेटिएन । खोई त ३ नम्बर लेखिएको बाख्रा भनेर सबै ३ नम्बर लेखिएको बाख्रा खोज्न थाले । ३ वटा बाख्राहरु त भेटिए तर ३ नम्बरको भेटिँदैन । हामी पनि भरीपूर्ण जीवन हुँदाहुँदै पनि ३ नम्बरको बाख्रा खोजे जस्तै जीवनसँग हुदै नभएका कुराहर खोजी हिँड्दछौ । आफूसँग भएका भन्दा पनि नभएका साना साना कुराहरुमा हामी मरिहत्ते गरेर लागि रहन्छौ ।

सहिष्णुतालाई लिएर हामी पछुताएका छौँ । धेरै सन्दर्भमा हामीले सहनु वा सहिष्णुता हुनु भनेको आफै कमजोरी वा कमजोर बन्नु हो भन्ने मानेका छौ । सहिष्णुता ठूलो वा बुढो ओखती जस्तै पछि मात्र असर देखिने बस्तु हो । लेकमा सबैका घरमा १ कुँडका बुढो ओखत राख्छन । हामी जीवनमा धन आर्जनमा यति मुर्ख भएर लाग्छौं कि अरु कुराहरुको हामीलाई मतलव नै भएन । तपाइँ कस्ता आशाबाट प्रभावित हुनुभयो भने म कुनै कामै नगरी बसी बसी करोडपति बनौं वा म धनी केटा वा केटीसंग विवाह गरौ र उसको धनमा मस्ती गराँै । तर, यी जीवनका वास्तविक सुख खुसी र प्रसन्नताका श्रोतहरु चाहिँ होइनन् । सुख खुसी र प्रसन्नताका स्थायी श्रोतहरु भनेका थोरै सहेर पनि अरुबाट आफ्नो काम बनाउने कला मात्र हुन ।

एक जना सिकार खेल्न गएका राजा जंगलमा रात परेपछि बुढी आमाकोमा बास बस्छन् । बुढी आमाले दिएको तातो भातमा राजाले सिधै हात हाल्छन र तातो भएर भात पनि बाहिर पोखिन्छ तातो भातले राजाको हात पनि पिल्साउँदछ । ती बृद्धा आमा यो सबै दृष्य हेर्छिन् र भन्छिन् : यी राजा सबै राज्य जित्न हतारिएका छन् । तर, पहिला स–साना राज्यहरु जिते पछि मात्र ठूला राज्यहरु सजिलै जितिन्छन् । नत्र त हतारमा भात पोखिए जस्तै पाएको वा जितेका राज्यहरु पनि फेरी फर्कन्छन् । अथवा जीवनमा पहिला सानो प्रभाव देखाएपछि अरु ठूलो प्रभाव आफै बन्दै जान्छ । राष्ट्रपति बनेपछि नेन्सन मण्डेलाले खाना खाइ रहेको टेवल नजिकै एक जना उनलाई जेलमा बस्दा यातना दिने मान्छे थिए । ती मान्छेले मण्डेलाले जेलमा पानी माग्दा मण्डेलाको टाउकोमा पिसाव फेरिदिन्थे । तर, त्यो दिन मण्डेलाले ति दुष्ट जेलरलाई सँगै खाना खुवाए । सँगै बसेको जेलर डरले काम्न थाल्यो । तब मण्डेला भन्छन्, म सँग नडराऊ किनभने मैले लामो जेल जीवनमा सिकेको सबै भन्दा ठूलो कुरा हो, भोलि कसले देखेको छ र ?

फुटबल वा अरु धेरै खेलहरुमा सिठीको प्रयोग हुन्छ । रेफ्रीले सिठी नबजाए सम्म खेल अन्तिम हुँदैन । तर, हामी चाहिँ पहिले नै यसले हार्नेे पक्का, जित्ने पक्का, मैले गर्न नसक्ने पक्का आदी भनेर आँकलन गर्छौ । तर, सबै परिणामहरु आउँन त अन्तिम सिठी सम्म खेल्नु पर्छ वा पर्खनु पर्छ । तर, हामी हतार गर्छौ र कुनै कुराहरुको पनि सिँहावलोकन गर्दैनौ । हामी आफ्नो सिठी आफँैले बजाउन हतार गर्छौ । तर, जीवनसँग सरल नियमहरु छ । सबै कुराहरुलाई अन्तिम सम्म पर्खन सक्नु पर्छ । हामी अन्तिम नहुँदै हार वा जित भयो भनेर मन गढन्ते कुराहरु बनाएर हार वा जीत स्वीकार गरिहाल्छौं । जीवन हुञ्जेल कुनै कुराहरु ढिला पनि हुँदैन र वितेर पनि जाँदैन । फुटवल हेर्न गएका ती दर्शक अर्को सिटमा बसेको दर्शकसँग सोध्छन् । अहिले सम्म कसले कतिले जित्यो ? उनी भन्छन् मेरो भन्दा अर्को टीम तीन शुन्यले अघि छ । नयाँ दर्शक भन्छन् : तपाइलाइ हतास छैन त ? पुरानो दर्शक भन्छ रेफ्रीले अन्तिम सिठी बजाएकै छैन । फेरी हाम्रो टिमले जित्छ भने म माथि ठूलो विश्वास र आस्था छ । अन्त्यमा उनको टिमले ५ का विरुद्ध ४ गोलले जित्यो । हामी पनि यसरी अगाडी नै कुनै कामसँग सितिमिती हतास वा निराश बन्नु हुदैन । हामी रेफ्रीले निर्णयको अन्तिम सिठी नबजाउँदै आफै सिठी बजाएर हारेका छौ । हामी खेलको हाफ टाइममा नै निराश वा हतास बनीहाल्छौ । जिवनमा खेलको बीचमा थकाई मार, तर खेल बीचमा नै नरोक । जीवनमा प्रतिबद्ध भएर खेल खेलीरहने हो । जिन्दगि भनेको सँधैभरी साहस देखाइ रहने वस्तु मात्र हो ।
(लेखका लागि विभिन्न सन्दर्भ सामग्रीहरुको प्रयोग गरिएको छ : लेखक )


प्रतिक्रिया दिनुहोस !
विचार