Logo
१७ जेष्ठ २०८३, आईतवार
|  Sun May 31 2026

गगनले भने : झलनाथ खनालको उपचार खर्च सरकारले बेहोर्नु गलत


नेपाली कांग्रेसका युवा नेता गगन थापाले पूर्व प्रधानमन्त्री झलनाथ खनालले विदेशमा गराएको उपचार खर्च सरकारले बेहोर्ने भन्नु गलत रहेका बताएका छन् । खनालको उपचार खर्च सरकारले नै बहोर्ने भन्ने समाचार सार्वजनिक भइरहेका बेला थापाले सामाजिक सञ्जालमार्फत यस्तो धारणा व्यक्त गरेका हुन् ।
यसअघि ओली सरकारले खनालको उपचार खर्च राज्यले बेहोर्ने बताएका बेला पनि सरकारप्रति गगन थापा आक्रेशित बनेका थिए । नेपालको राजनीतिमा खनालको भूमिका उल्लेख्य भएपनि विदेशमा उपचार गराएका पूर्व उच्चपदस्थहरुको उपचार खर्च राज्यले बेहोर्ने कुरा कानुन विपरित हुने उनको भनाइ छ ।
खनालको स्वास्थ्य लाभको कामना गर्दै थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् : नेपालको लोकतान्त्रिक आन्दोलनमा अभूतपूर्व योगदान पुर्याउनु भएका झलनाथ खनालले पछिल्लो पटक निजी नाफा घाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई जसरी उभ्याउनु भएको छ यसले उहाँको कद अझ बढेको छ।झलनाथ खनाल समेतको अडान र नेतृत्वदायी भूमिकाका कारणले जोगिएको संसदमा सँगै काम गर्न हामी प्रतीक्षारत छौं। मलाई विश्वास छ हाम्रो चाहना छिटै पुरा हुनेछ। उहाँको उपचारको लागि परिवार, स्वजन, पार्टी पङ्क्ति लागिरहेकै छ।उहाँलाई उपचार खर्च जुटाउनु पर्ने अवस्था नै आएमा त्यसको लागि देश विदेशमा रहेका हामी सबै नेपाली हरदम तयार छौँ र रहन्छौँ नै।यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाइ उहाँको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार