Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

माधव नेपाललाई नो इन्ट्री भनेका ओलीले भनेः दोस्रो अध्यक्ष बनाउन तयार छु


माधवकुमार नेपाललाई पार्टीमा कुनै स्थान दिन नसकिने बताउँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले बोली फेरेका छन् ।
केन्द्रीय कमिटीको बुधबारको बैठकमा उनले पार्टी एकताका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको उल्लेख गर्दै माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन समेत राजी रहेको बताएका हुन् ।
माधव नेपाललाई गद्दार घोषणा गर्दै लाजशरम नभएको मान्छे भनी तुच्छ टीप्पणी गरेका ओली बुधबारको बैठकमा भने निकै नरम रुपमा प्रस्तुत भएको एक केन्द्रीय सदस्यले बताए । ती सदस्यका अनुसार केन्द्रीय कमिटीमा माधव नेपालले बहुमत मागेका कारण भने समस्या सृजना भएको ओलीको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार