Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

अमरेशकुमार सिंहलाई कारबाही नगरिए पद त्याग्ने कांग्रेसका १२ नेताको चेतावनी


कांग्रेस नेता अमरेशकुमार सिंहलाई कारबाहीको माग गर्दै उनको गृहजिल्ला सर्लाहीका १२ जना नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।
देउवालाई बुझाइएको ज्ञापनपत्रमा नेपाली कांग्रेसको संगठन नै तहसनहस पार्नेगरी सर्लाहीमा सिंहले गतिविधी गरेको आरोप लगाइएको छ । सिंहकै अगुवाईमा रामगोविन्द रायलाई पार्टी कार्यालयमा आमरण अनसन राखिएको उनीहरुको आरोप छ । पार्टी ध्वस्त बनाउने अभियानमा लागेका सिंहलाई कारबाही नगरिए पदबाट बाहिरिने उनीहरुको चेतावनी छ ।
कृयाशील सदस्यता वितरणमा व्यापक धाँधली गरिएको भन्दै अमरेशकुमार सिंहले दुर्ई दिनअघि मात्रै प्रधानमन्त्री तथा पार्र्टी सभापति शेरबहादुर देउवा समक्ष सांसद पदबाट राजीनामा दिएका थिए ।

 

 


प्रतिक्रिया दिनुहोस !
विचार