Logo
२१ कार्तिक २०८३, शनिबार
|  Sat Nov 7 2026

सुनेत्र प्रधानाङ्गको नेतृत्वमा भक्तपुर टोस्टमास्टर्स क्लवको नयाँ कार्यसमिति गठन


भक्तपुर, १८ असार । नेशनल इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजि ‘निस्ट’ ललितपुरका निर्देशक सुनेत्र प्रधानाङ्गको नेतृत्वमा एकवर्षका लागि भक्तपुर टोस्टमास्टर्स क्लवको नयाँ कार्यसमिति गठन भएको छ । प्रधानाङ्ग भक्तपुर युरो किड्स स्कुलका संस्थापक अध्यक्ष तथा काठमाण्डौ विश्व विद्यालयको व्यवस्थापन संकायतर्फ भिजिटिङ्ग प्रोफेसर पनि छन् ।

नवगठित क्लवको उपाध्यक्षमा (शिक्षातर्फ) जीवन घिमीरे, (सदस्यता विस्तारतर्र्फ) उपाध्यक्ष सुनिल ताम्राकार र (जनसम्पर्क तर्फ) उपाध्यक्ष स्वेच्छा कार्की तथा सचिवमा दिपेन्द्र भण्डारी, कोषाध्यक्षमा विश्वास पाठक, सार्जेन्ट एट आर्मसमा सविन पौडल र निर्वतमान अध्यक्ष इश्वर पलिखेलसहितको नयाँ कार्यकारी समिति बनेको छ ।

नवगठित कार्यसमितिका पदाधिकारीहरुलाई अध्यक्ष प्रधानाङ्गले शपथ गराएका थिए ।
नवगठित कार्यकारी समितिका पदाधिकारीलाई टोस्टमास्टर्स इन्टरनेशनल सी ४ का क्षेत्रीय निर्देशक सन्दिप धवा तथा भक्तपुर टोस्टमास्टर्स क्लवका निवर्तमान अध्यक्ष इश्वर पलिखेलले वधाई तथा शुभकामना दिँदै नयाँ कार्यकारी समितिले अझ राम्रो काम गर्ने अपेक्षा व्यक्त गरे ।

टोस्टमास्टर्स क्लव व्यक्तित्व र नेतृत्व विकासको साथै सञ्चार प्रवद्र्धनको लागि स्थापना भएको गैर नाफामूलक अमेरिकी संस्था हो । यो संस्था सन् १९२४ अक्टोबर २२ मा क्यालिफोर्निया अमेरिकामा स्थापित भएको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार