Logo
३१ भाद्र २०८३, बुधबार
|  Wed Sep 16 2026

आमालाई ६ महिना र बुबालाई ४२ दिन प्रसूति बिदा प्रस्ताव


सरकारले सुत्केरी बिदाको अवधि बढाउने प्रस्ताव गरेकाे छ । नयाँ प्रस्तावमा आमालाई ६ महिना सुत्केरी बिदा दिइने उल्लेख छ।९० दिन रहेको बिदालाई बढाएर ६ महिना पुर्‍याउन लागिएको हो । हाल बाबुलाई १५ दिन रहेको बिदा बढाएर ४२ दिन पुर्‍याउन प्रस्ताव गरिएको छ ।

त्यसका लागि सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयक तयार पारिसकेकाे कानूनमन्त्री साबिता गाैतमले जानकारी दिएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले याे विधेयक मन्त्रिपरिषद् हुँदै संसदमा लैजाने तयारी गरेकाे पनि जनाएकी छन्।

विधेयकमा आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा प्रस्ताव गरिएको छ। “सुरक्षित मातृत्व र अभिभावकत्वका सन्दर्भमा यो महत्त्वपूर्ण नीतिगत परिवर्तन हो,” उनले भनेकी छन्।

जीवनमा एक वा दुई पटक आउने मातृत्व र पितृत्वको यो विशेष समयमा अभिभावकलाई आफ्नो नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी भएकाे गाैतमकाे भनाइ छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार