Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

जापानका पूर्वप्रधानमन्त्रीलाई चलाएको बन्दुक युट्युब हेरेर बनाइएको खुलासा


जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्याबारे गरिएको अनुसन्धानले आक्रमणकारीले आक्रमणमा प्रयोग गरिएको बन्दुक बनाउँदा युट्युब जाँच गरेको खुलासा गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

जापान टाइम्सका अनुसार आक्रमणकारी तेत्सुया यामागामीले आफूलाई रिस उठेको धार्मिक समूहमा आबद्ध एउटा स्थानमा घरेलु बन्दुकको परीक्षण गरेको थिए । आफ्नी आमाले उक्त संस्थालाई ‘ठूलो दान’ दिएको यामागामीले बताएका छन् । सिन्जो आबे पनि सोही संस्थामा आबद्ध रहेको आक्रमणकारीको विश्वास छ ।

शिन्जो आबेको हत्यापछि पुलिसले यामागामीको घरमा विस्फोटक पदार्थ र धेरै घरेलु बन्दुकहरू फेला पारेको थिगयो । फेला परेकामध्ये एउटा हतियार सिन्जो आबेको हत्या गर्न प्रयोग गरिएको थियो ।

आक्रमणकारीले बन्दुक बनाउने प्रयासमा बारम्बार युट्युब जाँच गरेको देखिएको नारा प्रिफेक्चर प्रहरीलाई उद्धृत गर्दै जापान टाइम्सले रिपोर्ट गरेको छ ।

शिन्जो आबेलाई गोली हान्नको लागि यामागामीले बनाएको बन्दुक यामागामी एक पटकमा ६ वटा क्षेप्यास्त्र प्रहार गर्न डिजाइन गरिएको विवरणहरूमा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार