Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

परम्परागत कला कार्यशाला २०७९ सम्पन्न, उत्कृष्ट कलाकार पुरस्कृत


नेवाः (स्यनेकुथि) प्रशिक्षण केन्द्रको आयोजना तथा नेपाल हस्तकला महासंघको सहयोगमा पाटनमा सञ्चालित नेपाल परम्परागत हस्तकला कार्यशाला २०७९ सम्पन्न भएको छ ।

बालबालिकाहरुलाई पनि परम्परागत कलाको क्षेत्रमा प्रवेश गराउने उद्देश्यका साथ आयोजना गरिएको १५ दिने कार्यशाला बुधबार सम्पन्न भएको हो । नेवाः ( स्यनेकुथि ) का प्रमुखको अध्यक्षता तथा नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यको प्रमुख आतिथ्यतामा बुधबार सम्पन्न कार्यक्रममा महासंघका उपाध्यक्ष दिल्ली रत्न तुलाधर, नबिन शाक्य र नेपाल हस्तकला महासंघका कार्यसमिती सदस्यहरु उदिप शाक्य, माणिकमान शाक्य र विकास शाक्यको उपस्थिती रहेको थियो ।

प्रशिक्षक श्रवण शाक्य र नेपाल हस्तकला महासंघका अध्यक्षलाई मायाको चिनो प्रदान गर्दै समापन भएको कार्यक्रममा तीन जना उत्कृष्ट कलाकारलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कृत कलाकारमा रुजेन बज्राचार्य, शोफिया श्रेष्ठ र सास्ता बज्राचार्य रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार