श्रीलंकामा आज नयाँ राष्ट्रपति चयनका लागि मनोनयन दर्ता सुरु भएको छ ।
राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएपछि नयाँ राष्ट्रपति चुन्नका लागि मनोनयन दर्ता सुरु भएको हो ।
नयाँ राष्ट्रपतिका लागि मनोनयन दर्ता भएपछि बुधबार सांसदहरुले मतदान गरी नयाँ राष्ट्रपति चयन गर्नेछन् । आार्थिक संकटको विरोधमा जनताहरुले उग्ररुपमा प्रदर्शन गरेपछि राष्ट्रपति गोटाबाया देश छाडेर भागेपछि नयाँ राष्ट्रपति चयन गर्न लागिएको हो ।
नयाँ राष्ट्रपतिका लागि सबैभन्दा बढी चर्चा कार्यवाहक राष्ट्रपति रनिल विक्रमसिंघेको छ । राजापाक्षे परिवारसँग निकट रहेका उनलाई सत्ताधारी श्रीलंका पिपुल्स फ्रन्टको समर्थन छ ।
केही दिनअघि राष्ट्रपति पदका लागि दाबी गरेका श्रीलंकाको मुख्य विपक्षी दलका नेता सजिथ प्रेमदासाले भने राष्ट्रपति पदको दाबीबाट आफ्नो नाम फिर्ता लिने बताएका छन् ।








