दुई दिन अघि प्रतिनिधिसभाबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति र सर्वोच्च अदालतका न्यायाधीश हरुलाई प्रायश्चितको अवसर बनोस् ! राष्ट्रिय सभालाई पनि मौका छ इतिहास रच्ने ।
१.सधैं नागरिकहरुलाई साथ दिनुहोस भनेर अपिल गर्थेँ । तर, आज अपिल गर्छु : हे आदरणीय सच्चा नेपाली नागरिकहरु यहाँहरुले आह्वान गर्नुहोस् तातो गोली खानु पर्दा वा सहीद हुनुपरे अग्रपङ्तीमा सहर्ष रहने छु ।
२. धेरै कुरा मिलेका छन् तर केही कुरा देशलाई दुरगामी खराव प्रभाव पार्ने पनि गाँसिएका छन् । राष्ट्र भन्दा माथि कुनै दल र नेता हुदैनन । सम्माननीय राष्ट्रपतिज्यूलाई मातृभूमिलाई न्याय दिलाउने अति ऊत्तम अवसर आएको छ, सर्वोच्च अदालतबाट राय मागेर अघि बढ्न । स्मरण रहोस राजा वीरेन्द्रको सहासिक एवं बिबेकपुर्ण कदमको !
३.मुलतः नेपाली नागरिकहरु नै जाग्नुको विकल्प छैन… हाम्रा लेख, विज्ञप्ती, वार्ता, अनुरोधले काम गरेन, किनकी जनता देशको नागरिकको कर्तव्य र धर्ममा जुटेनन, दलाल नेताहरुको ललिपप र दलको गैह्र जिम्मेवार एसमेन कार्यकर्ता तथा सेनाको अन्धविश्वासमा रहनु गम्भिर भुल हो । खवरदार, राष्ट्रघाति दलालहरु रोएर मरिरहनेछन् ईतिहासमा ।
राष्ट्रलाइ राजनीति र कुटनीति भन्दा माथि राख्न, नेपाली वचाउन, वनाउन एवं राष्ट्रियता र राष्ट्रिय स्वाधीनताका संरक्षण र सम्वर्दनका लागि अरूको वैशाखी टेक्नुपर्ने छैन ।
४.स्व.नेता गणेशमान सिंहले भन्नु भए जस्तो जनतालाई म भेडा भन्न सक्दिनँ । अपील गर्छु आह्वान गर्नुहोस् उत्तरदायी भएर लक्ष्य भेद गर्न ऐतिहासिक नमुना दिन सकिन्छ । पारित नागरिकता विधेयक राष्ट्रियसभाबाट फिर्ता होस् ।
(डा. ठाकुरमोहन श्रेष्ठ नेपाल नागरिक अभियानका राष्ट्रिय अध्यक्ष हुन् )






