नेन्सन मण्डेलाले भन्नु भएको थियो, यदि कुनै देशलाई बर्बाद पार्नु छ भने अहिलेको जमानामा कुनै युद्धको जरूरी छैन, त्यहाँका शिक्षा शिक्षाक्षेत्रलाई खुकुलो बनाईदेऊ ,देश आफैँ बर्बाद हुन्छ।
केही हप्ता पहिलाको कुरा हो कानुनी प्रतियोगितामा बारा जिल्लाको चिउटाहाको एक प्रमुख व्यक्तिको कुरा सुनेर अचम्म भएँ। कार्यक्रममा चिउटाहाको कक्षा ८ मा पढ्ने विद्यार्थीहरूको संख्या सुनेर अचम्म भएँ। त्यहाँ एउटा कक्षा कोठामा ६० देखी ७० जना सम्म बिधार्थी राख्ने रेकर्ड थियो। कुनै कक्षामा सेक्सन थियो । सेक्सन भएको कक्षामा ६०–७० जना विद्यार्थीलाई कोचेर राखेको रेकर्ड थियो।
यो मधेशको एक मात्र जिल्लाको यस्तो कुरा आयो तर यस्ता कुरा अधिकांश बिद्यालयहरूमा छन्। अब हजुरले एकछिनको लागि सोच्नुस् यसरी सामुदायिक विद्यालयमा गोरू, भेडाबाख्रा कोचे जस्तो गरेर पढाउदा गुणस्तरीय शिक्षा कसरी पाउन सकिन्छ। यो देखेर, सुनेर पनि स्थानीय सरकारले कानमा तेल हालेर बसेका छन् । जबसम्म तिन वटै सरकारले आफ्नो यो विषयमा केही भन्दैन तबसम्म मधेशको शिक्षा शिक्षाक्षेत्रमा क्रान्ति ल्याउन सक्दैन।
शिक्षा नियमावलीमा ऐन २०५९ अनुसार गर्नुपर्दाः
शिक्षा नियमावलीमा ऐन २०५९ को परिच्छेद १५ र नियम ७७ को उपनियम १ मा विद्यार्थीको संख्यासम्बन्धी व्यवस्था गरेको अनुसार सामुदायिक विद्यालयको प्रत्येक कक्षामा विद्यार्थी संख्या सामान्यतया उपत्यका तथा तराई,पहाड र हिमाली क्षेत्रमा क्रमशः चालीस, पैंतालिस,पचास हुनुपर्नेछ भन्ने व्यवस्था गरिएको छ। तर मधेशको अधिकांश विद्यालयमा ६० देखी ७५ जना भन्दा बढी नै हुन्छन्। जसले शिक्षकलाई पढाउन गाह्रो भएको देखिन्छ।
यदी यस्तै भइरह्यो भने हाम्रो मधेशको शिक्षा गुणस्तरीय हुन सक्दैन। एउटा कक्षा कोठामा ६० भन्दा बढी विद्यार्थी भयो भने एक विद्यार्थीलाई १ मिनेट समय पनि दिन सकिँदैन अनि कसरी त्यो विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन सकिन्छ ? यो कुरा सुनेर एकछिन एकदम भित्री आत्माबाट सोच्दा अचम्म लाग्ने कुरा ४५ मिनेटको घण्टीमा कसरी ६० जना भन्दा बढी विद्यार्थीहरूलाई पढाउन सकिन्छ ?
विश्वको शिक्षित देशलाई हेर्नु पर्दा जापान जहाँ प्राथमिक विद्यालयमा ३०–४० जना विद्यार्थी हुन्छन्। उनीहरूले गर्ने विषय भन्नु पर्दा जापानी , गणित, विज्ञान, सामाजिक अध्ययन, संगित, शिल्प, शारीरिक शिक्षा र गृह अर्थशास्त्र रहेका छन्। उनीहरूले एक घण्टीलाई १ घण्टाको समय निकालेका छन्।
हाम्रो नेपालमा भन्नु पर्दा एक घण्टीको समय जम्मा ४५ मिनेट तर विद्यार्थीको संख्या हेर्दा ६०–७५ भन्दा बढी हुन्छ । प्राथमिक तहमा विद्यार्थीलाई क्लास वर्गको हिसाबमा दिँदा एक विद्यार्थीलाई १ मिनेट पनि समय दिन सक्दैन भन्ने कसरी हाम्रो मधेश अथवा देशको शिक्षा क्षेत्रमा कान्ति ल्याउन सक्छौ रु विद्यार्थीको झोलाभित्र किताबको भारी बोकाउदै गर्दा विद्यार्थी शिक्षित हुँदैन ।
अर्को कुरा भन्नु पर्दा विद्यार्थीलाई घोकाउदा ज्ञानी बन्दैन जति व्यवहारको कुराले बन्छ। विद्यार्थीलाई शिक्षाले व्यवहारको कुरा सिकाउदा विद्यार्थी ज्ञानको खानी बन्न सक्छ ।
मधेश प्रदेशको शिक्षा दिन प्रति दिन कमजोर हुनुको कारण के नि ?
राष्ट्रियस्तरमा कुल कक्षा छाड्नेको दर लगभग लगभग ३.५ प्रतिशतको दरले रहेको छ। त्यसमध्ये २.९१ प्रतिशत प्रदेश नम्वर २ को रहेको छ। कक्षा दोहोर्याउने दर पनि एकदम नाजुक अवस्था देखिएको छ। कक्षा दोहोर्याउने राष्ट्रिय रूपमा ७.० प्रतिशत देखिएको छ। जसमध्ये ६.४१ प्रतिशत प्रदेश दुईमा रहेको छ। तर प्रदेश न. ०२ को स्थानीय सरकारले पनि कुनै किसिमको छलफल गरेको देखिएको छैन। यस्तै रहिरह्यो भने हाम्रो शिक्षामा सुधार आउन एकदमै ठूलो नाजुक हुन्छ।
प्रदेश न. २ कै कुरा गर्नु पर्दा कक्षा १ देखी ८ सम्मका एक लाख ५४ हजार ९ सय पढ्ने बालबालिका अझै विद्यालयबाहिर रहेका छन्। यी कुरा आफैम एक कठिन देखिन्छ। सबै भन्दा बढी सर्लाही जिल्लामा देखा परेका छन्। लगभग लगभग २५ हजार भन्दा बढी बालबालिका बाहिर बसेका हुन्छन्। कतिपय बालबालिकाहरु पढ्नलाई स्कुल जाने क्रममा बाटोबाट बाहिरतिर घुम्न गएको देखिन्छ। प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालयका अनुसार भन्नुपर्दा प्रदेश नम्वर २ का ८ जिल्लामध्ये सबैभन्दा कमजोर रौतहट देखिएको छ ।
अनि अर्को कुरा भन्दाखेरी निर्देशनालय प्रमुख चुडामणि फुयाँलका अनुसार दलित र मुस्लिम समुदायको साक्षरता झनै कमजोर रहेको देखिन्छ। मधेश प्रदेश साक्षरतामा निकै पछाडि परेका छन्। यस क्षेत्रमा ८ जिल्ला पर्दछन्। अहिले सम्म कुनै पनि साक्षर भएको छैन। दुर्भाग्यको कुरा रहेका छन् दुर्गम कर्णाली प्रदेश भन्दा पनि हाम्रो प्रदेश निकै कमजोर रहेका छन्।
प्रदेश न.२ को मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी बचाओ, बेटी पढाओ’ वाला अभियान लागु गर्नु भएको थियो तर अलपत्र पर्नुको कारण के नि ?
प्रदेश न. २ का बालबालिकाका शिक्षा अवस्था कमजोर र बाल विवाह धेरै देखिएपछि प्रदेश सरकार मुख्यमन्त्रीले ‘बेटी बचाओ,बेटी पढाओ’ कार्यक्रम लिएर आउनु भएको थियो । तर राम्रो तरिकाले लागु हुन सकेन । त्यही भएर यो कार्यक्रम अलपत्रमा पर्यो। यो कार्यक्रमको मुख्य उदेश्य नै छोरीहरूको पढाई निरन्तरता र बालबिवाह रोक्ने गरी लागु गरिएको थियो। यस कार्यक्रममा अधिकांश बजेट निकाल्नु भएको थियो। तर त्यो बजेटको सहि उपयोग देखेको थिएन।
जयप्रकाश यादव कानुनका विध्यार्थी हुन् ।