झट्ट हेर्दा सडकमा देखिने भिडभाड र पम्पेलेटमा देखिने थुप्रै नाराहरुले सामाज भित्रका विकृतिलाई जागरण गर्दै नयाँ समाज निर्माणको अगुवा गर्दै समाजिक दायित्व सडकका पेटीबाट भाषण केन्द्र बनाउदै नयाँ समाजको खाका कोरेको देख्न पाईन्छ।
एक पटक केहि वितृष्णी जनतालाई उक्त आन्दोलनले आकर्षक गर्दै त्यही हुल तिर धकेल्नु स्वभाविक पनि हो। चर्को आवाज र ठूला ठूला माइकले शहर नै थर्कमान बनाउने जमात पनि अहिले हामीले देखिरहेका छौ।
समाजलाई कस्तो बनाउने त्यो समाजको धर्म ,कला संस्कृति र रितिरिवाज लाई त्यो राज्यको सामाजिक व्यवस्थाले निर्धारण गर्ने कुरा हो । तर, अहिले नेपालको अवस्थालाई मुल्यांकन गर्दा जनतामा अर्धचेतन भएका मानिसहरुको हुल र त्यही हुलले समाजलाई मार्ग निर्देशित गर्न खोजेको कुरा हामीले देख्न सक्छौँ। झट्ट हेर्दा त्यो हुलले कस्तो सामाजिक पक्षको निर्माण गर्ला र नयाँ गोरेटो पहिल्याउँला भन्ने हाम्रो मस्तिष्कमा परेको देखिन्छ तर, एक पट्क मनन् गरौं त हामीले पन्छ्याको बाटो र हामीले सडक पेटीमा देखाएको जनमानसले पछिल्लो समय देशको अवस्थालाई देखाई रहेको छ।
नेपालमा अहिले जे जस्ता क्रियाकलापहरु भैरहेका छ्न् त्यो क्रियाकलापले समाजलाई सतहगत रुपमा अगाडि बढाएको छ भन्ने देखिन्छ। अहिलेको अवस्थालाई अध्ययन र अवलोकन गर्दा जनताको मानसिकताले आधारभुत वास्तविकतालाई अध्ययन नगरिकन चर्को आवाज लाई पछ्याउँदै जनताले आफुलाई अगाडि बढाएको देखिन्छ।
यसरी जनता आधारित हुनु नै देशको सबै भन्दा ठुलो दुर्भाग्य हो जस्तो लाग्दछ।जुन देशका जनतालाई मुद्दा बिहि कुरामा सडकका पेटीमा भेटाउन थालिन्छ त्यस पछी त्यो देशको अवस्थालाई हतेरी भन्ने बाहेक अर्को विकल्प हुदैन समाजको वस्तु स्थिति माथि हामीले अपहेलना गर्दै समाजमा भएका गलत घटनालाई ढाकछोप गर्न जनता सडकमा देखिनु भन्दा ठूलो लाज अरु केहि हुन सक्दैन।
समय अनुकूल सामाजिक व्यवस्थाले लिएको परिवर्तन
समाजको आवश्यकता संग समाजले आफुलाई परिवर्तन गर्दै अगाडि बढाउनु समाजको आवश्यकता पनि हो । तर, समाज संग समाज मात्रै अगाडि बढ्दैन त्यो संगै समाजको संरचना, आवश्यकता र सामाजिक परिवेशको पनि परिवर्तन हुन्छ । झन् भन्ने हो भने त समाजको राजनीति,आर्थिक र समाजिक पाटोहरु पनि परिमार्जन हुन्छ। हामीलाई लाग्न सक्छ शताब्दी देखिका कुराहरुले आजसम्मको समाजलाई रुल गरिरहेको छ तर, त्यो कुरा किमार्थ सत्य होइन।
समयको परिवर्तनसंगै समाजको मुल्यमान्यता र राजनीतिक व्यवस्थाको परिवर्तन हुँदै आएको छ। त्यो कुरालाई हामीले हाम्रो इतिहासका रुपमा अध्ययन गर्ने गरेका छौं। इतिहासलाई सधैं सत्य र यथार्थ परिवेशका रुपमा हामीले अध्ययन गरेर समाजलाई मार्ग दर्शन गर्नु पर्ने हो तर समाज जुनरुपले परिवर्तन हुँदै आयो त्यही रुपमा समाजका मुलभुत पक्षहरु हराउँदै गइरहेक छ्न् ।
सत्ययुगमा जुन समाज थियो र जुन समाज रहेको थियो, त्यो समाजआजको समयसम्म आईपुग्दा आफैँ समाप्त भएको छ । समयले आफ्नो काल अवद्यीलाई सक्दै समाजलाई नयाँ नयाँ परिवर्तन र नयाँ नयाँ राज्य सत्ताको कल्पना गर्दै आजको समयसम्म आईपुगेको छ।त्यही परिकल्पनाको उपज हो आजको समाज
व्यवस्था संगको वितृष्णा कि नेता संगको ?
समाजलाई मार्ग निर्देशन गर्ने कुरा राजनीति नै प्रमुख कुरा हो । समाजलाई रुल गर्नका लागि व्यवस्था जुन सुकै होस व्यवस्थाको मुख्य काम जनताको लागि सहजीकरण गर्नु नै हो चाहे त्यो राजतन्त्र होस या गणतन्त्र होस दुबै व्यवस्थामा जनताको लागी जनताका आवश्यकतालाई सहजीकरण गर्दै समाज निर्माणका आवश्यक पुर्वधारको बिकास गर्दै उन्त समाजको निर्माण गर्नु नै व्यवस्थाको प्रमुख कार्य हो।
व्यवस्थाको समय कालखण्डमा आफूलाई परिमार्जन गर्दै नजाने हो भने त्यो व्यवस्थाको पतन अवश्य नै हुन्छ। नेपालको व्यवस्थालाई अवलोकन गर्दा जनतालाई व्यवस्थाले समय अनुसारको आवश्यकता परिपुर्ति गर्न नसक्दा नै त्यो व्यवस्था सँग देशका जनतामा वितृष्णा पैदा हुँदै जान्छ र समाजलाई नयाँ व्यवस्थाको आवश्यक पर्छ । नेपालको व्यवस्था परिवर्तनमा पनि भएको कुरा त्यही हो ।
राजतन्त्रको राजनीति शक्ति केन्द्र एउटा ब्यक्तिको हातमा हुँदा जनताका आवश्यकता समयअनुसार परिवर्तन हुँदै जाँदा राजतन्त्रले जनतालाई आवश्यक पर्ने समाजिक, आर्थिक र राजनीतिक पक्षमा ख्याल नगर्दा र जनताका आवश्यक कुरालाई दमनको शैली प्रयोग गर्दै राजतन्त्र अगाडि बढेकोले राजतन्त्र प्रति जनतामा बितृष्णा जागेको र राजतन्त्रको अन्त्य भएको थियो। त्यही राजतन्त्र अन्त्यका लागी नेपालमा राजनीतिक पार्टीहरुको सशस्त्र आन्दोलन देखी जनआन्दोलन समेत यो देशले गर्यो थुप्रै क्रान्ति पछि नेपालमा पनि प्रजातन्त्र हुदै आज संघीय लोकतान्त्रिक गणतान्त्रिक राज्यको रुपमा स्थापित भएको देश हो।
राजतन्त्रको क्रुद्ध अवस्था र जनता प्रतिको दायित्व बिहिन अवस्थाले राजतन्त्रबाट देशलाई गणतन्त्रको बाटोमा अगाडि बढाउन बाध्य बनायो । नेपालको प्रजातान्त्रिक सुरुवाती चरणलाई जनताले अबको नयाँ बाटोको रुपमा अगाडी बढाएर समाज परिवर्तनको नयाँ गोरेटो भनेर जनता आफैले क्रन्तीको गोरेटोलाई अगाडि बढाए र जहानिया राणा शासनको विरुद्धमा आफुलाई सडकमा उतारेर जनताको शासन व्यवस्थालाई अगाडि बढाए तर प्रजातन्त्रको आगमनले जनतामा एउटा उत्साह सहितको राज्य सत्ताको परिकल्पना गरेर अगाडि बढेका थिए । तर, जनताको क्रान्तिलाई राजतन्त्रको एकलतन्त्रले जनतालाई फेरि सडकमा आउन बाध्य बनाई दियो र फेरि लामो समयसम्म क्रान्तिको पथमा देशलाई हिड्न बनायो ।
लामो संघर्षबाट जनताको अधिकार सम्पन्न राज्यका रुपमा देश अब जनताको आर्थिक ,समाजिक र राजनीतिक पक्षमा सवलिकरण हुँदै जान्छ र जनताको शासनको प्रत्याभूत दिलाउने छ भन्ने जनताको विचारलाई राजनीतिक दलहरुले सधैं झुटो साबित गराउँदै गए र आफू सत्ताको खेलमा रमाइरहे र जनताले देखेको लोकतान्त्रिक नेपालको सपना तुहाई दिए।
राज्य सत्ताको रुष्ट रुप,नेताको चरीत्र र कार्य
गणतन्त्रको लडाइबाट सत्तासम्म पुगेका नेताको चरित्र राजाको क्रुद्धता भन्दा कम नभएर बढी नै देखिन थाल्यो । राज्य सत्ता सञ्चालनमा पुगेका नेताहरुको कार्यलाई अवलोकन गर्दा यो भन्दा पनि फरक नपर्ला कि ? जनताको छोराछोरीको सत्ता हुन्छ भनेर देखाइएको नयाँ सोचलाई पुँजीवाद र आफन्तवादलाई पोषण गर्दा गर्दै गणतान्त्रिक राज्यको परिकल्पनाबाट बाहिर निस्किएर जनताका छोराछोरी बेच्न समेत पछि नपरेको घटना पनि स्पष्ट रुपमा हामीले आज हेर्दै देख्दै आयौं।सत्ताको लागि जनताको सहजीकरणको कानुनी व्यवस्था गर्नु पर्ने ठाउँमा कानुनी छुद्रता राखेर सधैं सत्ताको खेलमा रमाउने प्रवृत्तिदेखि जनता आजित भएको देखिन्छ।
सत्तालाई आफ्नो शक्ति अभ्यासका रुपमा प्रयोग गरेकाले जनतामा नेताहरु प्रतिको बितृष्णा आएको होइन भन्न सकिने अवस्थामा हामी छैनौँ। किन कि नेताहरुको सत्ताको अभ्यासमा ठूला ठूला घोटालादेखि ठूला ठूला काण्डमा ठूला नेताहरुको नाम नै खुल्ला हुँदा पनि सत्ताको चलखेलले त्यस्ता कुरालाई कुनै पनि कानुनी दायरा नल्याई यत्तिकै राजनीतिक रुपमा बन्द गर्ने कार्य जनतामा नेताको कार्य र चरित्रले अब पनि नेतालाई राजनीतिक पार्टीका रुपमा आफूलाई बलि चढाउन अब जनता तयार नभएको देखिन्छ।
त्यसैको फल स्वरुप होला देशको कानुनले दोषी ठहर्याएका ब्यक्तिलाई कानुनी तवरले अदालतमा लैजाँदा पनि जनताको लहर सडकमा देखिएको छ। सहि र गलत कुरालाई नजर अन्दाज गर्दै जनता सडकमा देखिनु आजको राजनीतिक दलहरुले गरेको सत्ता केन्द्रिय राजनीतिको उपहार जस्तो लाग्दछ।