Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

सकसमा सभामुख, सबैको नजर अदालततिर


एमालेले कारबाही गरेका माधव नेपाल पक्षका १४ सांसदको सांसद पद नरहेको सूचना सभामुखले नटाँसेको भन्दै नेकपा एमालेले निरन्तर संसदमा अबरोध गर्दै आएको छ ।

सभामुखले कि त सूचना टाँस्नुपर्ने कि त मार्ग प्रशस्त गर्नुपर्ने उसको माग रहेको छ । मार्ग प्रशस्त भनेको सिधा अर्थमा बुझ्दा राजीनामा हो । सभामुखले अब यस्तो अबस्थामा के गर्लान् भन्ने प्रश्न राजनीतिप्रति चासो राख्नेहरुमा उठ्नु स्वभाविक हो ।
अब होला चाहिँ के ? अब सभामुखले गर्लान् चाहिँ के ? अनि एमालेले यो विरोधलाई कहिलेसम्म जारी राख्ला ? कहिलेसम्म संसदमा यसैगरी नाराबाजी चलिरहला ? कहिलेसम्म विपक्षीको अबरोधकाबीचमा पनि सभामुखले संसद चलाइरहलान् ? सर्वोच्च अदालतमा १४ सांसदको विषयलाई लिएर एमालेले रिट दर्ता गरेको अबस्थामा अब ती १४ सांसदको पद चाहिँ भोलिका दिनमा के होला ? १४ सांसदको सांसद पद नरहने भनेर सर्वोच्च अदालतले भनिदियो भने होला के ? र, १४ सांसदको पद यथावत नै हुन्छ भनिदियो भने होला के ? कुनै दलले आफ्ना सांसदलाई कारबाही गरेको पत्र संसद सचिवालयमा दिएपनि संसद नचलेको अबस्थामा सभामुखले त्यस्तो सूचना १५ दिनसम्म नटाँसी रहन पाउँने छुट सभामुखलाई संसद नियमावलीले दिएको छ भनिन्छ यदि त्यस्तो हो भने सभामुखको गल्ती कहाँ भयो ? गल्ती भएकै हो भने सभामुख विपक्षीले संसदमा नाराबाजी गरिरहँदा पनि जसरी संसद बैठक चलाइरहेका छन् यो झनै महागल्ती र संविधानविपरितको कदम त भएन ? यी र यस्ता अनेकौं प्रश्न यतिबेला राजनीतिप्रति चासो राख्नेहरुकका मनमा उब्जिएका छन् ।

यो विषय राजनीतिक विषय मात्रै नभएर अब अदालती विषय पनि बनेको छ । अदालतमा पुगेको यो विषयबारे आजको प्रेसले वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेसँग कुराकानी गरेको छ । न्यौपानेसँगको कुराकानी हेर्नका लागि भिडियो क्लिक गर्नुहोला ।


प्रतिक्रिया दिनुहोस !
विचार