Logo
२६ श्रावण २०८३, मंगलवार
|  Tue Aug 11 2026

मदन-आश्रितको हत्या किन भयो ? बादलले दिए यस्तो तर्क


नेकपा एमालेका नेता रामबहादुर थापा बादलले मदन, आश्रितको हत्या २०५० सालमा किन भयो ? भन्ने प्रश्न गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित को प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसमा राजनीतिक कारणहरु भएको दाबी गरे ।

‘एउटा दुर्घटनाको रुपमा मदन, आश्रितको हत्या गरियो। त्यसको पछाडि राजनीतिक कारणहरु छन्’, उनले भने। बादलले इतिहासलाई खोतलेर हेर्दाखेरी मदन भण्डारीले जुन राजनीतिक कार्यक्रम र विचार अगाडि सारेका थिए, त्यो राजतन्त्रको विरुद्धमा र गणतन्त्रको पक्षमा भएको बताए।

बादलले मदन भण्डारीले अघि सारेका विचार र कार्यक्रम राष्ट्रवादको पक्षमा भएको बताए। सम्बोधनका क्रममा उनले भण्डारीको राजाले आफ्नो श्रीपेच फुकालेर राजनीतिक प्रतिस्पर्धामा आउनुपर्छ भन्ने भाषणको पनि स्मरण गरेका थिए।

उनले हालै एमालेबाट छुट्टिएको माधव नेपाल पक्षलाई दक्षिणपन्थी समूहको संज्ञा दिदै एमालेले समाजवादी धारको नेतृत्व गरिरहेकाले आफुहरुको विजय निश्चित भएको बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार