Logo
१९ आश्विन २०८३, सोमबार
|  Mon Oct 5 2026

सेयर बजारमा आज हरियाली


नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज हरियाली छाएको छ। नेप्से परिसुचक ४७.४६ को विन्दुले बढ्दै १९८१.५० पुगेर बजार बन्द भएको छ।

आज कारोबार रकम पनि बढेको छ। दिनभर एक अर्ब ४५ करोडभन्दा बढीको कारोबार भएकाे छ । नेप्सेका १३ वटै उपसूचक आज हरियो भएका छन् । यसअनुसार १८४ कम्पनीको सेयर बढेको छ भने ५ वटाको घटेको छ। सबै समूहको सेयर बढेकोमा फाइनान्स, विकास बैंक, माइक्रो फाइनान्स र उत्पादन समूहको सेयर उच्च अंकले उकालो लागेको छ ।

आज दुई सय २७ वटा कम्पनीका ४६ लाख १८ हजार कित्ता सेयर एक अर्ब ४५ करोड ३८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नविल बैंकको करोड ५१ लाख रुपैयाँको सेयर किनबेच भयो । यस्तै, ग्रिन डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशत तथा लिवर्टी इनर्जी कम्पनीको सेयरमूल्य झण्डै साढे आठ प्रतिशतले बढेको छ ।

एनआईसी एसिया क्याप फण्डको सेयर भने १० प्रतिशतले घटेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार