Logo
१७ जेष्ठ २०८३, आईतवार
|  Sun May 31 2026

ओलीको आक्रोशः कस्ता कस्ताको घाँटीमा पुगिने भयो भनेर विभूषणहरुले लाज मानेका छन्


आइतबार संविधान दिवसका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदकहरूले नै लाज मानिरहेको भन्दै कटाक्ष गरे । सरकारले वितरणका लागि सार्वजनिक गरेको नामहरूप्रति आक्रोश व्यक्त गरेका छन् । उनले  भने, ‘संविधान दिवसलाई जनताले आफ्नो संविधान दिवस ठान्नुपर्ने, यतिबेला जनताका पराक्रमी सन्तानले सम्मानित भएको अनुभूति गर्न, गर्व गर्न पाउनुपर्नेमा बालाई सम्मान, श्रीमतीलाई सम्मान गरिएको छ ।

अघिल्लो पटकको पनि म सम्झन चाहन्छु । एउटाको सुपुत्रलाई सम्मान, अर्कोको सुपुत्रलाई सम्मान, अर्कोको सुपुत्रीलाई सम्मान, अर्काको छोरो महान समाजसेवी, अर्कोको छोरी महान समाजसेवी, कस्तो विडम्बना यो देशको ?

उनले संविधान दिवसको दिन लोकतन्त्र पाएकोमा, सपना साकार भएकोमा सहिदको छोराले, आमाबावुले गर्व गर्न पाउनुपर्ने, घाइतेहरूले सम्मानित हुन पाउनुपर्नेमा नेताका आफन्तलाई पदक बाडेको भन्दै टिप्पणी गरे ।

उनले भने, ‘ म अरु जस्तो पदलोलुप छैन, नातावादी कृपावादी छैन् । म जनताका लागि भनेर बाहिर जतिसुकै भाषण गर्ने तर मौका पाउँदा हेर्नुस त अलंकार, पदक, विभूषणहरूको नाकमा कालो पोतेको । ति विभूषणले लज्जा मानेको हेर्नुस त । लजाइरहेका छन् ति मानपदवीहरू । कस्तो कस्तोको घाँटीमा झुन्डिने भइयो । शरम मानेका छन् । बोल्न सक्ने भए उफ्रन्ते ती तर बोल्न सक्दैनन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार