Logo
२७ श्रावण २०८३, बुधबार
|  Wed Aug 12 2026

सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण पुष्टि


  सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण  पुष्टि भएको छ। यहाँका तीन पालिकाका पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको हो।

वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए। छिमेकी जिल्ला बाँकेमा दादुरको संक्रमण तीव्र भइरहेका बेला सुर्खेतमा पनि संक्रमण देखिएकाले सतर्कता अपाउन उनले सुझाव दिए। दादुरासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि परीक्षण गर्दा दादुरा पुष्टि भएको केसीको भनाइ छ। दादुराका बिरामी भेटिएपछि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले अहिले विभिन्न ठाँउमा परीक्षण र खोप अभियानलाई तीव्रता दिएको छ । नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको थियो । पुसको दोस्रो हप्तादेखि बाँकेमा फैलिएको दादुरा संक्रमण अझै नियन्त्रमा आइसकेको छैन।

हालसम्म बाँकेको नेपालगन्जसहित जिल्लाको अन्य विभिन्न ठाउँहरूमा गरी २०० भन्दा बढी दादुरा संक्रमित बालबालिका भेटिसकेका छन् भने एकजना बालकको मृत्युसमेत भइसकेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार