Logo
२९ श्रावण २०८३, शुक्रबार
|  Fri Aug 14 2026

सुपरमाई हाइड्रोको आईपीओ निष्कासन


सुपर मादी हाइड्रोपावरको आईपीओ  सोमबार (माघ २३ गते)देखि बिक्री खुला भएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक  रोजगारमा गएका नेपालीहरूका लागि कम्पनीले आईपीओ बिक्री खुला गरेपछि सर्वसाधारणका लागि उक्त आईपीओ निष्कासन गरेको हो।

यस सुपरमादी हाइड्रोपावर कम्पनीले ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूका लागि र ५ प्रतिशत अर्थात् २५ हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिसकेको छ। साथै २ प्रतिशत अर्थात् १० हजार कित्ता सेयर कर्मचारीहरूका लागि सुरक्षित गरेको छ । बाँकी ४ लाख १५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको कम्पनीले बताएको छ।

लगानीकर्ताले कम्पनीको आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ। यस आईपीओमा माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ। सोअवधिमा पूर्ण आवेदन नपरेमा फागुन ८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले बताएको छ। कम्पनीको आईपीओलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ। यस हाइड्रोपावर कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाहरू साथै मेरो सेयरमार्फत् उक्त आइपिओमा आवेदन दिन सक्नेछन्।



प्रतिक्रिया दिनुहोस !
विचार