काठमाण्डौं माहानगरद्धारा मैतिदेवीमा भएको प्रहरी बिटलाई हटाइएको छ ।
सडक मिचेर बनाइएको संरचना हटाउने महानगरको अभियानमा नगरप्रहरीले उक्त भवनमा रहेको प्रहरी बिट खाली गराएको हो । आज महानगर प्रहरीले प्रहरी बिट खाली गराएको महानगर प्रहरीका एसपी राजु पाण्डेले बताए । केहीबेर उक्त भवन पनि भत्काइने उनले बताए ।
प्रहरी बिटमा रहेको सामान ट्रकमा राखेर लगिएको छ ।








