Logo
२७ श्रावण २०८३, बुधबार
|  Wed Aug 12 2026

बागमती प्रदेशमा काँग्रेसले मुख्यमन्त्री मागेपछि शेखर कोइरालाले जनाए आपत्ति


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका महाधिवेशनलाई प्रभावित पार्न बागमती प्रदेशमा सत्ताको खेल हुनु दुःखद भएको बताएका छन् । बागमती प्रदेश सरकारमा प्रधानमन्त्री शेरबहादुर देउवाले अढाइ महिना मुख्यमन्त्री मागेको कुराप्रति आफ्नो गम्भीर आपत्ति रहेको उनले बताए ।

सामाजिक सञ्जाल फेसवुकमा लेख्दै नेता कोइरालाले नेकपा समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक भएको भन्दै अस्वीकार्य रहेको बताए । पार्टीको यस्तो हर्कतले संघीयता धरापमा पर्ने र लोकतन्त्रको धज्जी उड्ने कोइरालाको विश्लेषण छ ।

यसअघि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले वाग्मती प्रदेशमा अढाइ महिनाका लागि भए पनि मुख्यमन्त्रीमा आफू निकट इन्द्र बानियाँलाई बनाउन लविङ गरिरहेको समाचार बाहिरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार