Logo
९ मंसिर २०८३, बुधबार
|  Wed Nov 25 2026

टर्की भुकम्पः १४९ घण्टापछि भग्नावशेषमुनिबाट ३५ वर्षीय व्यक्तिको जिवितै उद्धार


दक्षिणी टर्कीको हाते प्रान्तमा शक्तिशाली भूकम्प गएको १४९ घण्टापछि भत्किएको भवनको भग्नावशेषमुनिबाट एक ३५ वर्षीय व्यक्तिको उद्धार गरिएको छ ।

टर्कीको सरकारी समाचार एजेन्सी अनादोलुले जनाएअनुसार मुस्तफा सारिगुल भनेर चिनिने व्यक्ति स्क्यानको क्रममा ६ तले अपार्टमेन्ट भवनको भग्नावशेषमा फेला परेका थिए । खोज र उद्धार टोली साथै सैन्य कर्मचारी र रोमानियाली खोज र उद्धार टोलीका सदस्यहरूले ती व्यक्तिलाई जिउँदै बचाउन पाँच घण्टासम्म मेहनत गरेका थिए । सोमबारको भूकम्पपछि टर्की र सिरियामा मृत्यु हुनेको संख्या आइतबार बिहानसम्म २८ हजार १९२ पुगेको छ । भुकम्प प्रतिरोध घर निमार्ण नगरेको आरोपमा उनीहरुलाई धमाधम पक्राउ गरेको हो । झन्डै तीनसय निमार्ण कम्पनिका ठेकेदारहरु पक्राउ पर्ने देखिएको छ । निमार्ण ठेकेदारहरु यति तिब्र गतिमा पक्राउ परिरहेका छन, मानौं, टर्की सरकारले भुकम्पपीडितको उद्धार र राहातमा भन्दा पक्राउमा ध्यान दिईरहेका छन् ।

गत सोमवार गएको ७.८ रेक्टरको भुकम्पमा परी ज्यान गुमाउनेहरुको संख्या २५ हजार भन्दा माथी पुगिसकेको छ, त्यसमाथी हिमपात र बर्षाको कारण उद्धार र राहातमा उद्धारकर्मीहरुलाई बाधा पुगिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार