Logo
१४ असार २०८३, आईतवार
|  Sun Jun 28 2026

ओखलढुंगामा पहिरोमा परी एकै घरका चारजनाको मृत्यु


 ओखलढुङ्गामा पहिरोमा जाँदा चार जनाको मृत्यु भएको छ ।

चम्पादेवी गाउँपालिका– ८ मा गएराति पहिरो जाँदा एकै घरका चारजनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सो गाउँपालिको गुरुङ बस्तीमा बिहीबार राति ११–१२ बजेको आसपासमा पहिरो गएको थियो, जुन पहिरोमा परी एकै घरका चारजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया, छोरा १० वर्षीय दिनेश र छोरी डेढ वर्षीया कविताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो घटनाबारे जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा घटनास्थल पुगेर उद्धार सुरु गरेका थिए । सो घटनाको थप बिबरण आउन बाँकी छ।



प्रतिक्रिया दिनुहोस !
विचार