Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

एमालेको आधिकारिक लोगो परिवर्तन


नेकपा एमालेले आफ्नो आधिकारिक लोगो परिवर्तन गरेको छ । ललितपुरको गोदावरीमा जारी प्रथम विधान महाधिवेशनमा नयाँ लोगो परिवर्तन भएको छ। आइतबार उपमहासचिव विष्णु पौडेलले आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा नयाँ लोगो सार्वजनिक गरेका हुन्।

यसअघि सूर्य चिह्नभित्र अंग्रेजी अक्षरमा ‘सीपीएन यूएमएल’ लेखिएको र हँसिया हथौडासहितको लोगो थियो। सूर्य चिह्नभित्र रातो पृष्ठभूमि थियो।

नयाँ लोगोमा भने सूर्य चिह्नभित्र पँहेलो रङको हँसिया हथौडा छ। सूर्य चिह्नभित्रको पृष्ठभूमि भने रातो नै यथावत् छ। एमालेको अवको लोगो सूर्यभित्र रातो पृष्ठभूमिमा सुनौलो हँसिया हथौडा रहनेछ ।


प्रतिक्रिया दिनुहोस !
विचार