प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट मन्त्री बनेको भन्दै विवादित भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने भएका छन्। उनले आजै राजीनामा दिने तयारी गरेका छन्।
हमालले आफू विवादमा फस्न नचाहेकाले पदबाट राजीनामा दिन लागेको बताएका छन् ।
कांग्रेसका पुराना नेता भएता पनि उनी सांसद् थिएनन्। तर, प्रधानन्यायाधीश राणाको आफन्त भएको र उनलाई पनि मन्त्रिपरिषद्मा कोटा छुट्याएको भन्दै हमाल मन्त्री बन्नुअघि नै विवाद सुरु भएको थियो।
राजीनामा दिन लागेको कुरा उनले पनि स्वीकारे। आफ्नो कारणले सरकार तथा प्रधानमन्त्री शेरबहादुर देउवालई कुनै अप्ट्यारो नहोस् भनेर आफूले राजीनामा दिन लागेको उनको भनाइ छ।





