सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन् ।
देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् । ५ पुस २०७७ मा पहिलो पटक संसद विघटन भएपछि संवैधानिक परिषद्ले गर्ने नियुक्तिहरुमा भागबण्डा लिएका जबराले दोस्रो विघटनपछि हमाललाई मन्त्री बनाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका समाचार बाहिरिएका थिए ।
संसद् नरहेका हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री र प्रधानन्यायाधीशको चर्को आलोचना हुँदै आएको थियो ।





