Logo
११ कार्तिक २०८३, बुधबार
|  Wed Oct 28 2026

जसपा नेपालका कार्यकर्ताले उपेन्द्र यादवको पुत्ला जलाए


जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकर्ताले अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका छन् । पार्टीले मन्त्रीमा सिफारीस गरेको सुचीप्रती असन्तुष्टि जनाउंदै उनिहरुले पार्टी कार्यालय घेराउ समेत गरेका छन् । जसपा अध्यक्षले यादवबाट मात्र लागु गरेको भन्दै त्यसमा विरोध भएको हो ।

पर्सा जिल्ला युवा संघका अध्यक्ष कुन्दन पटेलको नेतृत्वमा दर्जनौ कार्यकर्ताहरुले बालकुमारीमा प्रदर्शन गरेका छन् । उनिहरुले पर्सा जिल्लाबाट मन्त्री नबनाएकोमा असन्तुष्टी व्यक्त गरेका हुन ।

पर्सा जिल्लाका सांसद प्रदीप यादव मन्त्री हुने चर्चा थियो । तर, अन्तिममा अध्यक्ष यादवले राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहाय यादव र महेन्द्र राय यादवको नाम मन्त्रीमा सिफारीस गरेका थिए । मन्त्रीको सुचीमा रहेका प्रमोद शाहको नाम अन्तिममा काटिएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार