Logo
१० असार २०८३, बुधबार
|  Wed Jun 24 2026

भारतीय जलसेनाका उच्च अधिकारीको नेतृत्वमा ३९ सदस्यीय टोली आज नेपाल आउँदै


भारतीय जलसेनाका उच्च अधिकारीको नेतृत्वमा भारतीय तथा अन्य देशका सेनाको टोली आज भ्रमणमा नेपाल आउँदैछ। भारतको राष्ट्रिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज)मा सञ्चालित नेशनल डिफेन्स कोर्समा सहभागी प्रशिक्षार्थी र अधिकारीहरुले त्यहाँका वरिष्ठ निर्देशक तथा भारतीय जल सेनाका रियर एडमिरल धीरेन भिगको नेतृत्वमा एक साताको नेपाल भ्रमण गर्ने भएको हो।

नेपाली सैनिकका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलका अनुसार ३९ सदस्यीय टोलीले आजदेखि कात्तिक ६ गतेसम्म नेपाल भ्रमण गर्नेछ। भ्रमणका क्रममा टोलीले प्रधानमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटघाट गर्ने पौडेलले जानकारी दिए।

यस्तै, रक्षा टोलीले जंगी अड्डा भद्रकाली, मध्य कमाण्ड हेडक्वाटर पोखरा र कमाण्ड तथा स्टाफ कलेज शिवपुरीको भ्रमण गर्नेछ। यसका साथै उक्त टोलीद्वारा पशुपतिनाथ, मुक्तिनाथ मन्दिर, होटल एभरेष्ट भ्यु नाम्चे तथा चन्द्रागिरीलगायतका स्थानको भ्रमण तथा नारायणहिटी संग्रहालयको समेत अवलोकन गर्ने कार्यक्रम रहेको पौडेलले बताए।


प्रतिक्रिया दिनुहोस !
विचार