Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

२६ महिनासम्म मजदुरले पाएनन् तलब


बैतडीको पाटन–पञ्चेस्वर सडकखण्डमा काम गर्ने लेन्थवर्करहरूसँग भएको सहमति कार्यान्वयन नहुँदा मजदुरले २६ महिनासम्मको तलब पाएका छैनन् । २३ महिनासम्मको तलब नपाएको भन्दै गत असारमा २३ दिन अनशन बसेका १२ जना लेन्थवर्करहरूलाई प्रक्रिया पुर्‍याएर तलब दिने वियमा सहमति भए पनि सहमति कार्यान्वयन भएको छैन ।

आफुहरूले तलब नपाउँदा चाडपर्व खल्लो भएको लेन्थवर्कर घनश्याम भट्टले बताए । लेन्थवर्करहरू काम गरेबापतको पारिश्रमिक नपाएको भन्दै गत असारमा २३ दिनसम्म पाटनमा अनशन बसेका थिए । अनसनपछि प्रक्रिया पुर्‍याएर पारिश्रमिक दिने भनि जिल्लास्थित सरोकारवाला निकायका प्रमुखहरूसँग सहमति भएको थियो । सहमतिपत्रमा तलब खुवाउनका लागि पहल गर्नेदेखि उनीहरूलाई निरन्तर काममा लगाउने लगायतका बुँदाहरू समावेश गरिएकाछन् ।

आफूहरूको मागप्रति सरकारले वास्ता नगरेको लेन्थवर्कर लक्ष्मी पन्तले बताइन् । उनले भनिन्, ʻहामी विगत धेरै वर्षदखि सडकमा काम गर्दै आएका छौँ । कोही १२ वर्ष काम गरेका व्यक्ति छौँ भने एकजना ३२ वर्ष सडकमै काम गरेका व्यक्ति हुनुहुन्छ । हामीले विगतमा निरन्तर तलब पाउँदै आएका थियौँ । जब हामी काम गर्ने सडक संघीय सरकारबाट प्रदेश सरकार मातहत आयो भन्ने सुनियो । त्यसबेलादेखि तलब पाएका छैनौँ । हाम्रो समस्या नेता सांसद मन्त्री सबैलाई सुनायौँ । आश्वासन सबैबाट पाइयो । तर, तलब पाइएनौँ । त्यसैले सडकमै २३दिन अनसनमा बस्यौँ, जिल्लाका सबैजसो कार्यालयका प्रमुखहरु आउनुभयो । पहल गछौँ भन्नुभयो । तर अहिलेसम्म तलब पाएका छैनौँ ।’

विगतमा संघीय सरकार मातहत रहेको पाटन–पञ्चेस्वर ३५किलोमिटर सडक प्रदेश सरकार मातहत आएसंगै लेन्थवर्करले तलब पाउन छाडेका हुन् । उनीहरू आन्दोलनका क्रममा मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेट्न धनगढी पुगेका थिए । प्रदेश सरकारबाट समेत प्रक्रिया पूरा गरेर तलब खुवाउने आश्वासन पाएका थिए ।

अहिले पाटन–पञ्चेस्वर सडक स्तरोन्नतीको क्रममा रहेकाले ग्वाल्लेक निर्माण सेवा मातहत काम गर्ने व्यवस्था मिलाइएको छ । गत १५ साउनदेखि ठेकेदार मातहत काम गरेको भए पनि हालसम्म ३ महिना बढी भएपनी तलब भने पाएका छैनन् ।


प्रतिक्रिया दिनुहोस !
विचार