Logo
११ जेष्ठ २०८३, सोमबार
|  Mon May 25 2026

निर्मला पन्तबारे अन्तरवार्ता दिने र लिने धमलासँग प्रहरीको सोधपुछ


कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एक टेलिभिजन अन्तर्वार्तामा गलत विवरणसहित दुष्प्रचार गर्ने गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले टेलिभिजनबाट अर्यालको अभिव्यक्ति जारी भएपछि मंगलबार सोधपुछ गरेर हाजिर जमानीमा छाडेको थियो । सीआईबीले थप अनुसन्धानका लागि बुधबार अर्याल दम्पती र प्राइम टाइम टेलिभिजनका कार्यक्रम प्रस्तोता ऋषि धमलालाई पनि सोधपुछ गरिरहेको सीआईबीका एक उच्च अधिकारीले जानकारी दिए ।

‘अर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुट हुन्,’ उनले भने, ‘सो विषयमा थप अनुसन्धानका लागि अर्याल दम्पती र प्रस्तोता ऋषि धमलालाई सीआईबीमा ल्याएका छौँ ।”

आफू खानेपानी विभागको सवारी चालक रहेको दाबी गर्ने अर्यालले आफू कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको झुटो विवरण अन्तर्वार्तामा दिएको प्रहरीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार