Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

ग्रेटर नेपालका अभियन्ता नेपाल पक्राउ


ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंको शान्तिनगरबाट प्रहरीले नेपाललाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार उनलाई प्रहरी कार्यालयमा ‘होल्ड’ गरिएको छ।

अहिले भारतका सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल भ्रमणका लागि आएका छन्।

उनको भ्रमणको क्रममा अवरोध पुर्‍याउन सक्ने आशंका गर्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

सेनाध्यक्ष द्विवेदी मानार्थ महारथीको दर्ज्यानी चिन्ह लिनका लागि नेपाल भ्रमणमा आएका हुन्। यस विषयमा प्रश्न गर्दै नेपालले चिनियाँ सेना प्रमुखलाई पनि सोही दर्जा प्रदान गर्नुपर्ने भन्दै विज्ञप्ति समेत जारी गरेका थिए।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार