Logo
१६ बैशाख २०८३, बिहीबार
|  Thu Apr 30 2026

ड्रग्स केसमा फसेका आर्यनको जमानतबारे आज निर्णय हुने, अर्की नायिका पनि फस्दै


मुम्बई क्रुज ड्रग्स केसमा फसेका शाहरुख खानका छोरा आर्यन खानको जमानतबारे आज निर्णय हुँदैछ । आर्यनको जमानतको याचिका पछिल्लो थुप्रै दिनदेखि रोकिँदै आइरहेको थियो । १४ अक्टोबरमा सेसन्स कोर्टमा न्यायाधीशले वकिलको बयान छोडेपछि निर्णय सुरक्षित राखेको थियो ।

आज आर्यनको प्रतीक्षा समाप्त हुनसक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । एनडीपीएसको विशेष अदालतले बुधबार शाहरुख खानका छोरा आर्यन खानको जमानत याचिकामाथि आफ्नो निर्णय सुनाउनेछ । आर्यन यतिबेला आर्थर रोड जेलमा छन् । १४ अक्टोबरको सुनुवाईपछि न्यायाधीश वीवी पाटिलले जमानत याचिकामाथि आफ्नो निर्णय सुरक्षित गरेका थिए ।

यसैबीच एक भारतीय सञ्चार माध्यमले आर्यन खानले बलिउडकी एक उदाउँदै गरेकी नायिकासँग च्याट गरेको पनि नारकोटिक्स कन्ट्रोल ब्यूरोले जानकारी दिएको छ । उक्त च्याटमा नशाको विषयमा कुराकानी भइरहेको थियो । अदालतमा बहसका बेला एनसीबीको समूहले आरोपीको जुन च्याट अदालतलाई सुम्पिएको छ त्यसमा आर्यनसँग यी नायिकाको च्याट पनि समावेश छ । यसका साथै आर्यनले केही लागुऔषध कारोबारीसँग गरेको च्याट पनि अदालतलाई सुम्पिइएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार