Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

प्रधानमन्त्री ओली बिरामी


प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली कार्यक्रमहरूमा सहभागी भएका छैनन् भने निवास बालुवाटारमा आराम गरिरहेका छन्।

प्रधानमन्त्री ओलीको स्वर भासिएको छ।

‘चिसोले गर्दा स्वर भासिएर बोल्न असजिलो भएको छ,’ सचिवालय स्रोतले भन्यो, ‘उहाँ आराम गरिरहनुभएको छ।’

प्रधानमन्त्री ओली बुधबार सशस्त्र प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुने भने पनि स्वास्थ्यमा समस्या देखिएपछि निवासमै आराम गरेर बसिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार