Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउनु उचित होइनः प्रदीप ज्ञवाली


पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा आउने चर्चाले बहस पाइरहेका बेला एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले त्यो उचित नभएको जनाएका छन् ।

प्रेस चौतारी रूपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रप्रमुख, उपप्रमुख पार्टीको सकृय राजनीतिमा आउनुलाई राम्रो नमानिने र एमालेले त्यो विषयमा कुनै छलफल नगरेको बताए ।

‘संवैधानिक राष्ट्रप्रमुख कुनै पार्टीको राजनीतिमा फर्किने कुरा उचित होइन, एमालेमा पनि केही चर्चा बजारमा सुनिएको छ, तर विद्या भण्डारी आफै नै राजनीतिमा आउनुहुन्छ भन्ने मलाई लाग्दैन त्यो राम्रो पनि होइन’, उनले भने, ‘ सामान्य अवस्थामा एमालेमा त्यो संभव मैले देख्दिन, असामान्य अवस्थामा तत्काल सल्लाह हुने कुरा फरक हो, अध्यक्षको प्रतिस्पर्धा गर्ने गरी आउने भन्ने कुरा सत्य होइन अनुमान मात्रै हो ।’

पूर्वपरराष्ट्रमन्त्री रहेका नेता ज्ञवालीले देशकै सर्वाेच्च पदमा पुगेका व्यक्ति दलको सकृय राजनीतिमा आउने कुरा आमनेपालीले चाहेको विषय नभएको उनले बताए । एमालेमा विद्या भण्डारी र माओवादीमा नन्दकिशोर पुन राजनीतिमा आउने गरि तयारी भएको विषय बाहिर आएको विषयमा एमालेको धारणाका बारेमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै ज्ञवालीले त्यसो भए गलत हुने जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार